१८ कार्तिक २०८२, मंगलवार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

पाकिस्तानमा बाल दुव्र्यवहारको अवस्था गम्भीर : रिपोर्ट

२५ साउन, पाकिस्तान । सन् २०२४ को पहिलो छ महिनामा पाकिस्तानमा बाल दुव्र्यवहारका एक हजार ६३० वटा घटना दर्ता भएका स्थानीय गैरसरकारी संस्था साहिलले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा जनाइएको छ ।

सन् २०२४ को जनवरीदेखि जुनसम्म ८१ वटा राष्ट्रिय तथा क्षेत्रीय दैनिक पत्रिकामा प्रकाशित तथ्याङ्क अनुसार ८६२ बाल यौन दुव्र्यवहार, ६६८ अपहरण, ८२ बेपत्ता बालबालिका र १८ वटा बालविवाहका घटना दर्ता भएका छन् ।

यस वर्षमा यौन दुव्यवहारपछि पोर्नोग्राफीका ४८ वटा घटना रेकर्ड गरिएको प्रतिवेदनमा उल्लेख छ । छ महिनाको तथ्याङ्कमा रिपोर्ट गरिएका मुद्दामध्ये ५९ प्रतिशत पीडित केटीहरू र बाँकी ४१ प्रतिशत केटाहरू पिडित रहेका छन् । तथ्याङ्क अनुसार ६ देखि १५ वर्ष उमेर समूहका बालबालिका अधिक दुरुपयोगको जोखिममा छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि