२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

यस्तो छ काठमाडौं प्लाजानेर भासिएको सडक (तस्वीरहरु)

२५ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाको नजिकको सडक भ्वाङ परेको छ । सडक भासिँदा रातिदेखि आवागमन पनि रोकिएको छ ।

महानगरको कार्यालय रहेको काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक भासिएको हो ।

दरबारमार्गस्थित महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने सडक खण्ड भासिएको हो । यो सडक एकतर्फी छ । प्रहरीले घेरा हालेर राखेका छन् भने हिजो रातिदेखि सवारी चलाउन रोक लगाइएको छ ।

यो बाटो सडक विभागअन्तर्गत पर्दछ ।

यो सडक यसअघि पनि भासिएको थियो । त्यतिबेला अस्थायी रुपमा मर्मत गरिएको थियो । महानगरपालिकाका एक कर्मचारीका अनुसार सडक विभागले सडक बनाउन केही दिन लाग्ने जानकारी महानगरलाई गराएको छ ।

ती कर्मचारीका अनुसार सडकमा धेरै क्षति पुगेकाले अस्थायी रुपमा मर्मत गर्न नमिल्ने देखिन्छ । ‘सडकबाट हेर्दा टुकुचा खोला देखिन्छ । अब तलैबाट बेस उठाएर सडक बनाउनुपर्ने देखिन्छ’, महानगरका एक कर्मचारीले भने ।

थप तस्वीरहरु :

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि