६ पुष २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

२५ साउन, डडेल्धुरा । डडेल्धुरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बिहीबार सुपप्र ०४००१ च ०१३४ नम्बरको जिप अमरगढी नगरपालिका–५ बसपार्क नजिकै नालीमा खसेर दुर्घटना हुँदा गन्यापधुरा–३ का ४५ वर्षीय कृष्णबहादुर भूलको मृत्यु भएको हो ।

दुर्घटनामा ६ जना घाइते भएको डडेल्धुरा प्रहरीले जनाएको छ । घाइते हुनेमा गन्यापधुरा–३ की ६४ वर्षीया इश्वरीदेवी विष्ट, ८ वर्षीया आत्मिका विक, २८ वर्षीया शारदा विक, ३० वर्षीय लक्ष्मी दमाई, ५० वर्षीय धिमादेवी दमाई र ४४ वर्षीय चन्द्र कठायत रहेका छन्।

घाइतेमध्ये इश्वरीलाई धनगढी रिफर गरिएको र बाँकी सामान्य घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि