६ फाल्गुन २०८२, बुधबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति समाचार

बंगलादेशमा नयाँ सरकार गठन, प्रमुख सल्लाहकार युनुसले लिए सपथ

२४ साउन, काठमाडौं । बंगलादेशमा नयाँ सरकार बनेको छ। आन्दोलन थेग्न नसकेपछि राजीनामा दिएर शेख हसिनाले देश छाडेपछि नयाँ सरकार बनेको हो । प्रमुख सल्लाहकार मोहम्मद युनुसको नेतृत्वमा नयाँ सरकार बनेको हो । युनुसले राष्ट्रपतिसँग बिहीबार बेलुका सपथ लिएका छन् ।

नोबल पुरस्कार विजेता युनुस बिहीबार मात्रै पेरिसबाट फर्किएका थिए । सेना र आन्दोलनरत बिद्यार्थीको सहमतिका अनुसारमा युनुसको नेतृत्वमा नयाँ सरकार बनेको हो । हसिना प्रधानमन्त्री हुँदा उनी युनुसको विरोधी थिइन् । माइक्रोफाइनान्सका गुरु मानिने युनुस नोबल पुरस्कार बिजेता हुन् ।

युनुसको नेतृत्वमा १६ सदस्यीय सल्लाहकार परिषद् बनेकोमा उनीहरुले समेत सपथ लिएका छन् ।

सरकारी जागिरमा आरक्षण व्यवस्था संशोधनसम्बन्धि आन्दोलन चर्किएपछि १५ वर्षदेखि सत्ता चलाइरहेकी हसिना देश नै छाड्न बाध्य भएकी हुन् । निरंकुश शैलीमा देश चलाएकोमा उनीविरुद्ध देशमा आक्रोश बढेको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि