२४ फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज

बिरामी बढेपछि तनहुँका चार विद्यालय बन्द

२४ साउन, तनहुँ । डेंगु सङ्क्रमणको बिरामी बढेपछि नियन्त्रणको प्रयास स्वरूप आँबुखैरेनीका गाउँपालिकाका चार विद्यालयहरू बन्द गरिएको छ । आँबुखैरेनी बजार र आसपासका क्षेत्रमा डेङ्गुका बिरामी बढ्दै गएकाले विद्यालय बन्द गरिएको आँबुखैरेनी गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख अगमराज उपाध्यायले जानकारी दिनुभयो ।

उपाध्यायका अनुसार वडा नम्बर ३ मा रहेका रामशाह माध्यमिक विद्यालय, मर्स्याङ्दी बालज्योती अङ्ग्रेजी बोडिङ स्कुल, बाल शिक्षा सदन बोर्डिङ स्कुल र नवबुद्ध अङ्ग्रेजी बोर्डिङ स्कुल अर्को सूचना नभए सम्मको लागि बन्द गरिएको हो ।

आँबुखैरेनीमा मात्रै करिब ४५० जनामा सङ्क्रमण भएकोले लामखुट्टेले फुल पार्ने ठाउँमा खोजौँ र नष्ट गरौँ भन्ने नारा सहित टोलटोल, बस्ती बस्तीमा अभियान सञ्चालन गरिएको उपाध्यायले जानकारी दिनुभयो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि