८ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार समाचार

फेक आइडीको भर पर्दा किशोरीमाथि सामूहिक बलात्कार

२४ साउन, काठमाडौं । कैलालीमा फेसबुकमा फेक आइडीको भर पर्दा एक किशोरी सामूहिक बलात्कारको सिकार भएकी छन् । गोदावरीकी १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कारको सिकार भएकी हुन । प्रहरीका अनुसार फेक फेसबुक आइडी बनाएर किशोरीसँग कुराकानी गर्दै जंगल लगेर बलात्कार गरेको आरोपमा गोदावरी नगरपालिका–१० का पदम थापालाई पक्राउ गरिएको छ ।

थापाले ९ साउनको राति किशोरीलाई घर बाहिर भेट्न बोलाएका थिए । उनलाई थापाले मोटरसाइकलमा राखेर राति साढे १ बजेको समयमा गोदावरीकै मालाखेती जंगलमा लगेर अन्य चार जना साथिहरुलाई बोलाएका थिए ।

उनीहरुले सामूहिक बलात्कार गरेपछि राति नै घरमा पुगाएका थिए । किशोरीले आफूमाथि सामूहिक बलात्कार गर्ने थापासहितका युवालाई चिनेकी थिइनन् । उनले प्रहरीमा उजुरी दिएपछि अनुसन्धानका क्रममा किशोरीलाई फेक आइडीबाट कुरा गर्ने व्यक्ति थापा भएको खुलेको थियो ।

थापालाई इलाका प्रहरी कार्यालय मालाखेतीको हिरासतमा राखिएको छ । बलात्कारमा संलग्न अन्य युवाहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि