२४ फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज

प्रहरीमाथि हातपात गर्ने २ जना पक्राउ

२३ साउन, काठमाडौं । डडेल्धुरामा प्रहरीमाथि हातपात गर्ने २ जना पक्राउ परेका छन् । अमरगढी नगरपालिका–११ घर भएका करन बोहरा र नवदुर्गा-१ घर भई हाल कञ्चनपुरको कृष्णपुर नगरपालिका-९ बस्ने गौरव ऐर पक्राउ परेका प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार उनीहरूले एक रात्रीकालीन बसमा तोडफोड र बस सहचालकमाथि हातपात गर्न खोजेका थिए । बस चालकले प्रहरीलाई खबर गरेपछि घटनास्थल पुगेको प्रहरीले सम्झाई बुझाई गर्न खोज्दा नमानी प्रहरीमाथि नै हातपात गरेपछि दुबै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बताएको छ ।

सोमबार राति अमरगढी-५ तुफानडाँडामा सडकमै प्रहरीमाथि हातपात गर्ने उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि