२४ फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज

डेंगी संक्रमणबाट एक जनाको मृत्यु

२२ साउन,काठमाडौँ । डेंगी संक्रमणबाट तनहुँमा १ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले डेंगी संक्रमणका कारण तनहुँमा एक जनाको मृत्यु भएको जनाएको हो ।

गत पुसदेखि हालसम्म देशभर २ हजार ३ सय ६५ जनाबाट संक्रमित छन् । डेंगी संक्रमण ७३ जिल्लामा फैलिएको छ । कोशी प्रदेशमा ५ सय ३७, मधेशमा ४६, वाग्मतीमा ७ सय ४७, गण्डकीमा ५ सय ८, लुम्बिनीमा २ सय ४७, कर्णालीमा ३८ र सुदूरपश्चिममा २ सय ४२ जना संक्रमित भएका हुन् ।

काठमाडौं उपत्यकामा २ सय ८७, कास्कीमा १ सय ३७, झापामा १ सय ३३, चितवनमा १ सय १६ र तनहुँमा १ सय १० जना संक्रमित छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि