६ फाल्गुन २०८२, बुधबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

बङ्गलादेशको घटना नजिकबाट नियाल्दै राष्ट्रसङ्घका महासचिव, ज्यान गुमाउने प्रति शोक प्रकट

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बङ्लादेशको घटनाक्रमलाई नजिकबाट नियालीरहेको जनाउँदै विरोध प्रदर्शनमा ज्यान गुमाउनेहरु प्रति शोक व्यक्त गरेका छन् ।

महासचिव गुटेरेसले घटनामा संलग्न सबै पक्षलाई शान्ति र संयमता अपनाउन आग्रह गदै शान्तिपूर्ण, व्यवस्थित र लोकतान्त्रिक महत्वमा जोड दिएका छन् ।

उनले प्रधानमन्त्री शेख हसिनाको राजीनामा सम्बन्धी सेना प्रमुखको घोषणा र अन्तरिम सरकार गठन गर्ने योजनासहित देशका घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको उनको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

महासचिव गुटेरेसका प्रवक्ताले विज्ञप्ती जारी गर्दै बङ्लादेशका जनताको पक्षमा रही उनीहरूको मानव अधिकारको संरक्षणका लागि आह्वान गरेएको छ ।

उनले विज्ञप्तिमार्फत बङ्गलादेशमा भएका हिंसाजन्य क्रियाकलापको स्वतन्त्र, निष्पक्ष र पारदर्शी अनुसन्धानको आवश्यकतालाई जोड दिएको छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि