८ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार समाचार

‘मिडिया काउन्सिल’लाई ‘आमसञ्चार परिषद्’ मा परिवर्तन गर्ने सहमति

२२ साउन, काठमाडाँै। सञ्चार, तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया काउन्सिल विधेयकको नाम आमसञ्चार परिषद्मा परिवर्तन गर्न आफू सकारात्मक रहेको बताएका छन् । साथै उनले नाम परिवर्तनमा आफ्नो विमति नरहेको स्पष्ट गरेका छन्।

राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिको आजको बैठकमा ‘मिडिया काउन्सिल विधेयक’लाई ‘आमसञ्चार परिषद्’ का रूपमा नामकरण गर्न उनले समर्थन जनाए हो । उनले भने,“मिडिया काउन्सिलको सट्टा आमसञ्चार परिषद् राख्नु उपयुक्त हुन्छ ।”

सञ्चार, तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालको समेत उपस्थिति रहेको बैठकका सहभागीले विधेयकको नाम नेपाली हुनुपर्ने माग गरेका थिए ।

सचिव अर्यालले ‘मिडिया काउन्सिल’ प्रचलित रहेकाले यो असान्दर्भिक नहुने बताए। यद्यपि उनले नेपाली नामप्रति असहमति जनाए।

समितिका सभापति जयन्तीदेवी राईले नेपाली भाषाको संरक्षण गर्ने उद्देश्यले सांसदहरुले विधेयकको नाम आमसञ्चार परिषद् राख्नुपर्नेमा सबै सदस्यले जोड दिएका सुनाए ।

त्यसअघि सांसद मदनकुमारी शाह(गरिमा) ले नेपाली भाषाको संरक्षण गर्नु राज्यको दायित्व भएकाले विधेयकको नाम नेपाली नै हुनुपर्ने संशोधन प्रस्ताव दर्ता गरेका थिए।

समितिका सदस्यहरू बेदुराम भुसाल, गङ्गाकुमारी बेलबासे, सुमित्रा बिसी, सुरेश आलेमगर, युवराज शर्माले विधेयकको नाम नेपालीमा राख्नुपर्ने बताएका थिए भने अर्का सदस्य कृष्णप्रसाद सिटौलाले मिडिया काउन्सिल पदावली विश्वभर स्थापित प्रचलित भएकाले त्यो पनि अमान्य नहुने तर्क गरेका थिए ।

समितिका अर्का सदस्य नारायणदत्त भट्टले मिडिया काउन्सिल पनि मान्य हुने बताएका थिए। विधेयकमा काउन्सिलको सिफारिस समिति छनोट, अध्यक्ष छनोट, उपभोक्ता सङ्ख्या, उमेरको हदबन्दीलगायत विषयमा सबैको एउटै मत छैन ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि