८ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार समाचार

नेपाल स्काउटको नयाँ ऐन बनाउन प्रयास गर्ने मन्त्री चौधरीको प्रतिबद्धता

२२ साउन,काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल स्काउटको नयाँ ऐन बनाउन प्रयास गर्ने बताएका छन्।

आज यहाँ आयोजित कार्यक्रममा मन्त्री चौधरीले भने, “स्काउट २०५० सालमा बनेको ऐनअनुसार सञ्चालन भएको छ । संस्थालाई आवश्यक पर्ने अन्य ऐन मेरै कार्यकालमा पारित गर्नेगरी प्रयास गर्छु ”। उनले देश सङ्घीय संरचनामा गइसकेकाले अब स्काउटलाई पनि सोहीअनुसार रुपान्तरण गर्नुपर्नेमा जोड दिए।

मन्त्री चौधरीले सात सय ५३ वटै पालिकामा स्काउट स्थापना गर्न सकियो भने बालबालिका र युवामा चरित्र निर्माणमा मद्दत मिल्ने बताए । युवा तथा बालकालिकामा सामाजिक संस्कार र नैतिकता खस्किँदै गएकामा उहाँले चिन्ता व्यक्त गरे । स्काउटले प्राकृतिक विपत्तिका बेला गरेको सेवाको उनले प्रशंसा गरे ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि