२६ आश्विन २०८२, आईतवार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति समाचार

शेख हसिना बाजेद राजनीतिमा नफर्किने संकेत

२२ साउन, एजेन्सी । विद्यार्थी नेतृत्वको आन्दोलनका कारण देश छाडेकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बाजेद राजनीतिमा नफर्किने संकेत देखिएको छ ।

सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी हसिना २० वर्ष लामो सत्ता यात्रापछि अब देशको राजनीतिमा नफर्किने निष्कर्षमा पुगेको उनका सहयोगीहरुले बताएका छन् ।

राजनीतिक सल्लाहकारको भूमिकामा रहेका हसिनाका छोरा सजीब अहमद वाजेद जोयले परिवारको आग्रहमा हसिनाले आफ्नो सुरक्षाका लागि देश छोडेको बताउँदै राजनीतिमा पनि नआउने संकेत गरेका छन् । बीबीसी न्यूजआवरसँगको कुराकानीमा उनले भने,‘आफूले कडा परिश्रम गरेको भए पनि अल्पमत विरुद्धमा उठेको देखेर हसिना दुःखित हुनुहुन्छ ।’

बंगलादेशको कापलट गर्न आफूहरुले धेरै खेपेको उल्लेख गर्दै उनले अब राजनीतिक फर्किने संभावना कमजोर बनेको उल्लेख गरेका छन् ।

दक्षिण एसियाली देशको आर्थिक प्रगतिको रेखदेख गर्ने श्रेय पाएकी हसिनाले प्रजातन्त्रको प्रतीकका रुपमा आफ्नो राजनीतिक जीवन सुरु गरेकी थिइन । लोकतन्त्रको हिमायती मानिएकी उनलाई पछिल्लो समय निरंकुश लोकतन्त्रवादी भन्ने गरिन्थ्यो ।

राजधानी ढाकामा रहेको सरकारी निवासमा हजारौँ प्रदर्शनकारीले आक्रमण गरेपछि ७६ वर्षीया हसिना सोमबार हेलिकोप्टरमार्फत भारततर्फ भागेकी थिइन् । बंगलादेशको सबैभन्दा लामो समय शासन गर्ने प्रधानमन्त्रीको शासनकालको अप्रत्याशित अन्त्य भएको छ ।बंगलादेशमा सेनाले सत्ता हातमा लिइसकेको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि