२४ फाल्गुन २०८२, आईतवार
समाचार समाज

ढुङ्गा लागेर बालिकाको मृत्यु

२० साउन, बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा ढुङ्गा खसेर बालिकाको मृत्यु भएको छ । स्वामीकार्तिक खापर गाउँपालिका – १ जोरुका नन्दे कुमालकी १४ बर्षिया छोरी आकाशी कुमालको मृत्यु भएको हो ।

गाउँपालिकामा निमार्ण भईरहेको जोरु, गोठीगाउँ सडक खण्डमा गोरु चराउन गएका बेला डोजरले खनिरहेको ढुगां खसेर बालिका घाइते भएकी थिइन ।

घाइते भएकी बालिकालाई उपचारका लागि शनिबार दिउसो कोल्टी अस्पतालमा ल्याइएको र उपचारकै क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी दिलीप कुमार गिरीले बताएका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि