१३ फाल्गुन २०८२, बुधबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

मिर्गौला पीडितलाई सामाजिक सञ्जालबाट सहयोग जुटाउँदै

२० साउन, तनहुँ । दुवै मिर्गौला फेल भएका तनहुँका एक युवकको उपचारका लागि सामाजिक सञ्जालबाट दुई लाख आर्थिक सहयोग जुटेको छ ।

ऋषिङ गाउँपालिका–५ सपाङ्दीका २६ वर्षीय पूर्णलाल नेपालीको उपचारका लागि तीन दिनमा रु एक लाख ९० हजार सहयोग प्राप्त भएको हो । आर्थिक अवस्था नाजुक रहेका नेपालीको उपचारका लागि देशविदेशमा रहनुभएका ऋषिङबासी र अन्य व्यक्तिबाट उक्त रकम प्राप्त भएको हो । सामाजिक सञ्जालमा सहयोग रकम सङ्कलन अभियान ऋषिङ गाउँपालिकाका प्रवक्ता एवं अभियन्ता बिजय दरैले सुरु गरेको थियो ।

आफ्नो जन्मदिनमा खर्च गरिने रकम प्रदान गरी दरैले अभियान थाल्नुभएको बताए । उनले भने, “घरको अवस्था देख्दा मनमा दया जागेर आयो, सहयोग जुटाउन सामाजिक सञ्जाल प्रयोग गरी अभियान थालेको हुँ ।”

उनका अनुसार विभिन्न स्थानबाट सहयोग आउने क्रम जारी छ । सहयोग रकम जुट्न थालेपछि उपचारसमेतमा सहज भएको छ । उनको हाल काठमाडौँस्थित वीर अस्पतालमा उपचार भइरहेको छ ।

जन्मदिनमा केक काटेर गरिने खर्च कटौती गरी सहयोग स्वरुप रु सात हजार पाँच सय सहयोग गरेर दरैले सबैलाई सहयोग गर्न आग्रह गरेका थिए । उनको अभियानमा हालसम्म ६० जनाले सहयोग गरिसकेका छन्।

मिर्गौला पीडित नेपालीले भने, “मेरो उपचारका लागि विजय सर अहोरात्र खटेर आर्थिक सहयोग जुटाइरहेका छन् ।”

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि