२४ फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज

राजर्षि जनक विश्वविद्यालयको स्ववियु सभापतिमा यादव विजयी

१८ साउन, धनुषा । राजर्षि जनक विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा लोकतान्त्रिक समाजवादी विद्यार्थी सङ्घका प्रवेश यादव विजयी भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्द्वी संयुक्त विद्यार्थी प्यानलका श्याम साहलाई पराजित गर्दै यादव विजयी भएका हुन् ।

यस्तै स्ववियु सचिवमा अनेरास्ववियुका राजु अधिकारी, कोषाध्यक्षमा नेपाल विद्यार्थी सङ्घका शिवशङ्कर साह तथा सदस्यहरुमा नेविसङ्घका रामकुमार महासेठ, पूजा यादव, प्रितीकुमारी कुर्मी, ज्योती दत्त र रञ्जना पासवान तथा संयुक्त विद्यार्थी प्यानलकी सृष्टि चौधरी निर्वाचित भएका निर्वाचन समितिका सदस्य शम्भु पोखरेलले जानकारी दिए ।

विश्वविद्यालय स्थापना भएको ६ वर्षपछि १५ सदस्यीय कार्यसमितिका लागि बिहीबार निर्वाचन भएको हो । विश्वविद्यालयमा भर्ना भएका चार सय ७५ विद्यार्थीमध्ये चार सय ४४ जना मतदानमा सहभागी भएका निर्वाचन समितिले जनाएको छ । स्ववियु निर्वाचनमा ६ राजनीतिक दल निकटका विद्यार्थी सङ्गठनले उम्मेदवारी दिएका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि