२४ फाल्गुन २०८२, आईतवार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिद्वारा रिहा भएका अमेरिकी नागरिकलाई स्वागत

१८ साउन, अमेरिका । रूससँगको कैँदी आदानप्रदानमा रिहा भएका अमेरिकी पत्रकार इभान गेर्शकोभिच, र अन्य दुई पूर्व अमेरिकी नौसैनिक पल ह्वेलन र पत्रकार अल्सु कुर्माशेभा स्वदेश फिर्ता भएपछि उनीहरूको अमेरिकामा भव्य स्वागत भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले पत्रकार इभान गेर्शकोभिचलाई अँगालो हालेर स्वागत गरेका थिए।

वाल स्ट्रिट जर्नलका रिपोर्टर गेर्शकोविच, पूर्व अमेरिकी नैसैनिक ह्वेलन र पत्रकार कुर्माशेभा विमानबाट ओर्लेपछि परिवार र साथीभाइले खुसीयाली मनाएका थिए ।

खोज पत्रकारका रूपमा वाल स्ट्रिट जर्नलमा काम गर्ने शिलशिलामा गेर्शकोभिचलाई रूसमा पक्राउ गरिएको थियो ।

रूससँगको कैँदी आदानप्रदान सम्झौतामा उनीहरूसहित ठूलो सङ्ख्यामा कैदी आदानप्रदान भएपछि उनीहरू बिहीबार अमेरिका फिर्ता भएका थिए।

वासिङ्टन नजिकैको ज्वाइन्ट बेस एन्ड्रुजमा रूससँगको कैदी आदानप्रदानमा स्वदेश फिर्ता भएका नागरिकसँगको भेटपछि पत्रकारसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले भने, “उनीहरू आउन निकै लामो समय लागेको छ । यो महसुस भएको छ ।”

शीतयुद्धपछिको सबैभन्दा ठूलो पूर्व–पश्चिम कैदी अदलाबदलीका क्रममा रूसले बिहीबार दुई दर्जन बन्दीलाई रिहा गरेको थियो । अमेरिकी रेजिडेन्सीमा कार्यरत क्रेमलिनका प्रखर आलोचक चौथो कैदी भ्लादिमिर कारामुर्जा पनि अलग्गै संयुक्त राज्य अमेरिका फर्किएका हुन् ।

टर्कीको राजधानी अङ्कारास्थित विमानस्थलको टाक्र्याकमा भएको नाटकीय आदानप्रदानमा रूसमा कैद गरिएका अमेरिकी र अन्य सहयोगी मुलुकका गरी कुल १६ जना र दुई नाबालकसहित कुल १० जना रूसी नागरिक रिहा भएका हुन् ।

“गठबन्धनले फरक पार्छ । उनीहरूले कदम चाले र हाम्रा लागि यो मौका दिए,”बाइडेनले जर्मनी, पोल्याण्ड, स्लोभेनिया, नर्वे र बेलारुसलाई पनि सामेल गर्ने सम्झौताबारे भने ।

बाइडेनले सन् २०२४ को राष्ट्रपतीय चुनावबाट नाम फिर्ता लिएपछि डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिपदका सम्भावित उम्मेदवार ह्यारिसले ‘असाधारण दिन’को घोषणा गरेका थिए ।

रिहा गरिएका कैदी र उनीहरूका आफन्तहरू अब ब्रुक आर्मी मेडिकल सेन्टरमा स्वास्थ्य परीक्षण र आवश्यक पर्ने कुनै पनि हेरचाहका लागि टेक्सासको सान एन्टोनियो जाने अपेक्षा गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि