२४ फाल्गुन २०८२, आईतवार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

फिलिपिन्समा चाइनाटाउनमा आगलागी हुँदा ११ जनाको मृत्यु

१८ साउन, फिलिपिन्स । फिलिपिन्सको राजधानी मनिलाको चाइनाटाउनस्थित एक भवनमा शुक्रबार बिहान आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ ।

मनिलाको बिनोन्डोमा बिहान लागेको आगो नियन्त्रणका लागि १४ वटा दमकल र अग्नि नियन्त्रकलाई दुई घण्टा लागेको मनिला नगरीय दमकल विभागले जनाएको छ ।

उद्धारकर्मीले पाँच तले भवनभित्र ११ जनाको शव फेला पारेको बताएका छन् ।

आगलागीको कारण र मृतकको पहिचान खुल्न सकेको छैन ।

मध्यान्हसम्म शवबाहन सडकमा लाइन लागेर बसेको देखिएको प्रत्यक्षदर्शी एएफपीका एक पत्रकारले जानकारी गराए ।

आगलागी भएको भवनको भुइँ तलामा पसलहरू र माथिल्लो तला आवासीय प्रयोगका लागि प्रयोग भएका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि