२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार समाज

केन्द्र सरकारद्वारा राहत रकम प्रदान

१८ साउन, दमौली (तनहुँ) । शुक्लागण्डकी नगरपालिका–७ काउरेमा गत असार २२ गतेको पहिरोमा पुरिएर ज्यान गुमाएका व्यक्तिका परिवारलाई सङ्घ सरकारको तर्फबाट रु छ लाख राहत प्रदान गरिएको छ । यहाँका तीन परिवारलाई सङ्घ सरकारको तर्फबाट प्रतिमृतक रु दुई लाखका दरले रु छ लाख प्रदान गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार विपद्बाट ज्यान गुमाउने परिवारलाई रु दुई लाखका दरले राहत रकम प्रदान गर्ने प्रावधानबमोजिम मृतकका परिवारलाई उक्त रकम प्रदान गरिएको हो । गण्डकी प्रदेश सरकारका तर्फबाट पनि मृतकका परिवारलाई रु ५० हजारका दरले राहत रकम प्रदान गरिने उसले बताए ।

पीडितपरिवारलाई शुक्लागण्डकी नगरपालिकाले पनि राहतस्वरुप प्रतिमृतक रु ५० हजारका दरले रकम प्रदान गरेको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी १ ले पनि मृतकका परिवारलाई रु २५ हजारका दरले आर्थिक सहयोग गरेको छभने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) शुक्लागण्डकी नगर कमिटीले रु पाँच हजारका दरले आर्थिक सहयोग गरेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि