६ पुष २०८२, आईतवार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

भारतको हिमाचल प्रदेशमा अति ठुलो वर्षा, ५० जनाबढी बेपत्ता

१७ साउन, काठमाडौं । भारतको हिमाचल प्रदेशको रामपुर र मन्डी नजिक अति ठुलो वर्षा हुँदा ५० जनाभन्दा धेरै व्यक्ति बेपत्ता भएका छन् । ‘क्लाउडबस्र्ट’ अर्थात् अचानक स्थानीय प्रकृति र छोटो अवधिको अति ठुलो वर्षाका कारण ५० जनाभन्दा धेरै व्यक्ति बेपत्ता भएका बीबीसी हिन्दीले जनाएको छ ।

यस्तै शिमलाको सरपारा पञ्चायतको समेज र मन्डीको टिकन क्षेत्रमा पनि अति ठुलो वर्षा भएको खबरमा उल्लेख छ । यसैबीच हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुक्खूले एनडीआरएफ, एसडीआरएफ, प्रहरीलगातयको टोली खोजी र उद्धार कार्यमा जुटेको जानकारी दिए ।

यस्तै अति ठुलो वर्षाका कारण कुल्लूको निर्मन्ड सबडिभिजनमा चार वटा मोटरेबल पुल भत्किएको छ । यो घटनालाई लिएर मुख्यमन्त्री सुक्खूले आपत्कालीन बैठक बोलाएका बीबीसी हिन्दीले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि