२८ आश्विन २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार

लेखराज भट्टलाई पुनः सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी

१७ साउन, काठमाडौं । नेकपा एमालले लेखराज भट्टलाई पुनः सुदूरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी दिइएको छ । यसअघि कर्णाली प्रदेशको इन्चार्ज रहेका भट्टलाई बिहीबार बसेको एमाले सचिवालय बैठकले सुदूरपश्चिमको जिम्मेवारी तोकेको हो ।

यसअघि सुदूरपश्चिमको इन्चार्ज रहेका छविलाल विश्वकर्मा भने अहिले जिम्मेवारी बिहिन बनेका छन । कर्णालीको इन्जार्ज हुनु अघि भने भट्ट सुदूरपश्चिमकै इन्जार्जका रुपमा रहेका थिए ।

सचिवालय बैठकले कोशी प्रदेशको इन्चार्जमा शेरधन राई, मधेसमा लिलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा पदमा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटीलाई इन्चार्ज तोकेको छ ।

यसअघि एमालेले फरक भूगोलमा नेताहरुको जिम्मेवारी दिएकोमा त्यसलाई परिवर्तन गर्दै अहिले भूगोलका आधारमा प्रदेश इन्चार्ज बनाएको छ । सोही अनुसार सुदूरपश्चिमका लेखराज भट्टले सुदूरपश्चिमकै जिम्मेवारी पाएका हुन ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि