२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार

कसैको दबाब र चाहनामा मुद्दा चल्दैन : गृहमन्त्री

१७ साउन, काठमाडौं । गृहमन्त्री रमेश लेखकले लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढिकरणको लागि अनिवार्य शर्त रहेको सुशासन र यसको प्रवर्द्धन गर्न ‘राष्ट्रिय सदाचार नीति’ जारी गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरुले राखेका जिज्ञासाहरुको जवाफ दिँदै गृहमन्त्री लेखकले सदाचार नीति जारी गर्न ढिला भइसकेको उल्लेख गर्दै सरकारलाई नीति पारित गरि जारी गर्नका लागि समितिबाट सुझावको आवश्यकता रहेको बताए ।

उनले भने, ‘सदाचार भनेको मानिसलाई भित्रबाट राम्रो गर्नका लागि उत्प्रेरित गर्ने विषय हो । त्यसैले व्यक्तिको प्रक्रियालाई ठिक गर्नका लागि ल्याउन आवश्यक रहेको नीति हो सदाचार नीति । यो आवश्यक छ, जरुरी छ र सरकार नीतिलाई पारित गरि लागु गर्नका लागि प्रतिवद्ध छ । ढिलो भएको भएपनि पारित गरि लागु गर्नका लागि प्रतिवद्धता जनाउन चाहन्छु । यसका लागि सम्मानित समितिबाट सुझाव सल्लाहदेखि सबै कुरा होस् भन्न चाहन्छु ।’

भ्रष्टाचारको फाइल खोल्नुपर्ने भन्दै चौतर्फी दबाब आइरहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले कानुन अनुसार अघि बढ्ने बताए ।

फाइल खोल्नु भनेको मुद्दा अगाडि बढाउनु रहेको बताउँदै उनले कसैको चाहना र रहरले मुद्दा नचल्ने बताए ।

‘फाइल खोल्ने भनेको मुद्दा चलाउने होला नि । फाइल खोलेर यि यता छ भनेर देखाउने त होइन होला । अनि लोकतन्त्रमा मुद्दा कानुन बेगर चल्छ  ?कसैप्रति रिस उठ्यो भन्दैमा मुद्दा चलाइदिने त ? कसैका चाहना र रहरले मुद्दा चल्दैन,’उनको भनाइ छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि