१० पुष २०८२, बिहीबार
कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

रामेछापमा बाढीले धानखेत बगायो

१७ साउन, रामेछाप । रामेछापका विभिन्न खोलामा आएको बाढीले सयौँ रोपनी धान खेतमा क्षति पुर्याएको छ ।

मन्थली नगरपालिका–१ को रणजोर खोला, मन्थली–२ को कठजोर खोला लगायतमा आएको बाढीले किसानले धान लगाएको खेत बगाएर क्षति पुर्याएको छ । कठजोर खोलाले किनारका सयौँ रोपनी धान लगाएको खेत कटान र पुरेर क्षति पुर्याएको वडाध्यक्ष सुरेन्द्र कार्र्कीले जानकारी दिए ।

खोलाले एकै व्यक्तिको १० रोपनीसम्म खेतमा क्षति पुर्याएको उनले जानकारी दिए । खोलाको बाढीले एक जनाको घर र एकजनाको मतान सहितको खेत बगाएको उनले बताए । खोलामा बाढी आउने क्रम जारी रहेकोले अझै थप क्षति हुने जोखिम रहेको उनले जानकारी दिए ।

यसैगरी जिल्ला सदरमुकाम मन्थली भएर बग्ने रणजोर खोलाले पनि किसानले धान लगाएको खेत कटान गर्नुका साथै पुरेर क्षति पुर्याएको छ । खोलामा आएको बाढीले कुलाहरू समेत बगाएको कारण बाँकी खेतमा रोपाइँ गर्न र पानी लगाउन समस्या परेको स्थानीय किसान तीर्थ सुवेदीले जानकारी दिए ।

गएराति पनि रातभरि पानी परेकाले जिल्लाका अन्य स्थानमा पनि क्षति भएको अनुमान गरिएको छ । क्षतिको विवरण भने आइसकेको छैन ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि