२४ फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज

राष्ट्रियगान गाएर दैनिक सेवा प्रवाह गर्दै बर्दघाट पालिका

१७ साउन, नवलपरासी । बर्दघाट नगरपालिकाले सामूहिक रूपमा राष्ट्रिय गीत गायनपछि मात्र दैनिक सेवा प्रवाह गर्न थालेको छ ।

हरेक दिन ठीक १० : ०० बजे सबै कर्मचारीहरूको उपस्थितिमा राष्ट्रपतिसम्मान जनाउँदै राष्ट्रिय गीत गाएर कार्य थालिएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए ।

प्रदीपकुमार राई (ब्याकुल माइला)को रचना तथा सङ्गीतकार अम्बर गुरूङको सङ्गीतमा देशका चर्चित कलाकारले सामुहिक रूपमा श्वाराङ्कन गरेको‘सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली..’कार्यालयमा विद्युतीय उपकरणबाट बजाउने व्यवस्था मिलाइएको छ । हरेक दिन कार्यालय समय प्रारम्भ हुनेवित्तिकै जनप्रतिनिधि कर्मचारी राष्ट्रिय गान गाउँछन् ।

राष्ट्रिय गानबाट सेवा सुरु गर्दा कार्यालयमा आउने सेवाग्राही र कर्मचारीहरूमा राष्ट्रप्रतिको सम्मान बढ्ने नगरप्रमुख श्रेष्ठको बताउछन् ।

लुम्बिनी प्रदेशमा यस अगावै रूपन्देहीको तिलोत्तमा नगरपालिकाले दैनिक राष्ट्रिय गान साथै पालिका गान गाएर सेवा प्रवाह गर्दै आएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि