१७ फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

बाघको आक्रमणबाट महिला घाइते

१६ साउन, कञ्चनपुर । कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् । मंगलबार साँझ जिल्लाको शुक्लाफाटा नगरपालिका–५ खजुवाकी ३० वर्षीय मानमती साउँद बाघको आक्रमणबाट घाइते भएकी हुन्। घर नजिकै रहेको गाई गोठमा गाइलाई घास हाल्ने क्रममा उनलाई बाघले आक्रमण गरेको हो।

इलाका प्रहरी कार्यालय झलारीवाट प्रहरी सहायक निरीक्षक मोहनसिंह ठगुन्नाको कमाण्डमा खटिएको ५ जनाको प्रहरी टोलीले घाइते साउँदलाई उपचारका लागि टी एण्ड सी अस्पताल झलारीमा पठाएको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि