१८ कार्तिक २०८२, मंगलवार
कोशी प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार समाज

बाढीले बगाउँदा हाइड्रोमा कार्यरत बर्दियाका २ जना मजदुर बेपत्ता

विराटनगर । भोजपुरको सिल्पा सिलिचो गाउँपालिकामा इर्खुवा खोलाको बाढीले २ जनालाई बगाएको छ ।

बाढीले इर्खुवा हाइड्रोमा कार्यरत २ जना कामदारलाई बगाएको भोजपुर प्रहरीले जनाएको छ ।

राती १ बजे तिर आएको बाढीले हाइड्रो निर्माणमा खटिएका २ जना कामदार हराएको भोजपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज तिम्सिनाले बताए ।

बेपत्ता हुनेमा बर्दियाको बारा बर्दिया गाउँपालिका ३ का २६ वर्षीय श्याम कुमार थारु र सोही ठाउँका ३० वर्षीय रमेश थारु रहेका छन् ।

यस्तै २६ वर्षीय राम किसन थारुको उद्धार गरिएको छ । उनको शरीरमा चोटपटक लागेको प्रहरीले जनाएको छ । अहिले स्वास्थ्य चौकी कुलुमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको छ ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि