१० पुष २०८२, बिहीबार
बागमती समाचार समाज

पशुपति कोटिहोममा नयाँ कथावाचिका चन्द्रकला सखी

काठमाडौँ । पशुपतिनाथमा आयोजना भइरहेको कोटिहोम महायज्ञमा नयाँ कथावाचिका देवी चन्द्रकला सखी आएकी छन् । उनी लण्डनबाट राम कथा वाचनको लागि आएकी हुन् ।

सखीलाई कोटिहोमका प्रमुख आयोजक मानव सेवा फाउण्डेसनका अध्यक्ष विजय कृष्णमूर्तिलगायतले भव्य स्वागत गरेका छन् । उनलाई बाजागाजासहित भव्य स्वागत गरिएको छ ।

सखीले साउन १६ देखि २४ गतेसम्म दिउँसो २ देखि ७ बजेसम्म राम कथा वाचन गर्नेछिन् । कथा वाचिका देवी प्रतिभा आफ्नो भारत प्रस्थान गरेकै दिन सखीको आगमन भएको हो ।

चन्द्रकला सखी नेपालकी नेपालकी पहिलो महिला रामचरितमानस र भक्तमाल कथा वाचिकाका रूपमा चिनिन्छिन् । उनी लण्डनमा बस्दै आएकी छन् ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि