५ फाल्गुन २०८२, मंगलवार
प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार समाज

धुर्कोटका पाँच सय ५९घरमा खानेपानीको व्यवस्था

१५ साउन, तम्घास । धुर्कोट गाउँपालिका–३ हाडहाडेमा सञ्चालित ठूलामूल लिफ्टिङ खानेपानी आयोजनाबाट पाँच सय ५९ घरमा खानेपानी सुविधा उपलब्ध भएको छ ।

आर्थिक वर्ष २०७६-७७ मा सुरु भएको उक्त योजना हालै सम्पन्न भएको हो । एउटै आयोजनाबाट यति धेरै घरमा शुद्ध पेयजलको व्यवस्था भएको धुर्कोट पालिकाको यो पहिलो ठूला खानेपानी आयोजना हो । आयोजनाबाट हाडहाडेका मोटिखर्क, निन्यूखर्क, पाथ्थरपानी, अबुवा, सिर्बु, मोरमारेलगायत टोलका बासिन्दा लाभान्वित भएका छन् ।

आयोजनाबाट झण्डै दुई हजार दुई सयभन्दा बढी अप्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । सैनिक प्रावि, वडा कार्यालय, स्वास्थ्य चौकीलगायत संस्थाहरुमा यसै आयोजनाको पानी उपलब्ध गराइएको छ । दैनिक रुपमा घरमै पानी आएपछि स्थानीयको दैनिकी फेरिएको छ । “पहिले–पहिले एक घण्टा हिँडेर पानी लिन जानुपथ्र्यो ।”स्थानीय ६८ वर्षीया मनकुमारी थापाले भने, “अहिले घरमै पानी आउदा सहज भएको छ ।”पहिले खेताला लगाएर पानी ल्याएको उनले बताए ।

ठुलामूल खानेपानी उपभोक्ता समितिका सचिव नीरबहादुर घमले आयोजना सम्पन्न गर्न रु चार करोडभन्दा बढी खर्च भएको बताए । आयोजना सम्पन्न भएसँगै हाडहाडेका पाँच सय ५९ घरमा धारा जडान भएका छन् । धुर्कोट गाउँपालिकामा पाँच हजार तीन सय ८२ घर छन् । हाल पालिकाका अधिकांश घरमा स्वच्छ पानीको सुविधा उपलब्ध छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि