३ फाल्गुन २०८२, आईतवार
खेलकुद मुख्‍य समाचार

सिभाली गुरुङले मलेसियामा यु–१४ ग्रेड ए टुर्नामेन्ट खेल्ने

१३ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय टेनिस फेडरेसन आइटीएफ र एसियन टेनिस फेडरेसन एटिफको आयोजनामा मलेसियामा आयोजना हुन लागेको आइटीएफ एटिएफ यू–१४ रिजनल ट्रेनिङ क्याम्पमा नेपालका दुई जना खेलाडीले सहभागिता जनाउने भएका छन् ।

नेपालबाट सिभाली गुरुङ उक्त ट्रेनिङ क्याम्पका लागि आइतबार राति मलेसिया जाने भएकी छिन् । उनलाई नेपाल टेनिस संघका महासचिव मनोहर दास मुलले एक कार्यक्रमकाबीच विदाई गरका छन् । सिभालीसँगै उनका बुवा सिमान्त गुरुङ पनि मलेसिया जाने छन् ।

सिभालीले जुलाई ३० देखि अगष्ट ३ सम्मको प्रशिक्षणपछि अगष्ट ५ देखि १० सम्म आयोजना हुने एटिफ यु १४ ग्रेड ए टुनामेन्ट पनि खेल्ने नेपाल टेनिस संघले जनाएको छ । सिभाली मण्डिखाटार टेनिसको उत्पादन हुन् । खेलाडीको खाना, आवासलगायत हवाई टिकट पनि आयोजकले उपलव्ध गराएको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected