९ चैत्र २०८२, सोमबार
मुख्‍य समाचार समाचार

घट्टेखोला किनारको सडक बाढीले बगाउन थाल्यो

११ साउन, काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–४ स्थित गोकर्णबाट वडा नं २ को पाखाथोक जाने घट्टेखोला किनारको सडक बाढीले बगाउन थालेको छ । तीन वर्षअघि उपभोक्ता समितिले खोलाको किनारमा पर्खाल लगाएर निर्माण गरेको सडक बिहीबार राति वर्षासँगै आएको बाढीले भत्काएको हो ।

सडक खोलाले भत्काउन थालेपछि यहाँबाट यात्रा जोखिमपूर्ण बन्दै गएको स्थानीय विजय कर्माचार्यले बताए । धेरै विद्यालयका सवारीसाधन आवागमन हुने यो खण्ड बन्द भए विद्यार्थीलाई अप्ठ्यारो हुने उनको भनाइ छ ।

गोकर्णेश्वर–३ का प्राविधिकसमेत रहनुभएका कर्माचार्यले पर्खाल बनाउन प्रयोग गरिएका ढुङ्गा बगाउन नपाओस् भनेर रोकथामका लागि पहल थालिएको बताए ।

सडक जोखिममा परेपछि आज बिहान नगर प्रमुख दीपककुमार रिसाल र वडा नं ४ का वडाध्यक्ष जयराम महतले स्थलगत निरीक्षण गरेका छन् । धेरै स्थानीयवासीले प्रयोग गर्ने सडक भएकाले तत्काल लगत अनुमान तयार पारेर निर्माण गरिने वडाध्यक्ष महतले जानकारी दिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि