२६ फाल्गुन २०८२, मंगलवार
मुख्‍य समाचार समाचार समाज

बरामद सवारी साधनउपर हकदाबी पेस गर्न आग्रह

१० साउन, काठमाडौँ । राजस्व अनुसन्धान विभागले बरामद गरिएका विभिन्न सवारी साधनउपर आफ्नो हकदाबी पेस गर्न आग्रह गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथद्वारा लेखिआएबमोजिम शङ्कास्पद रुपमा चलिरहेका भन्ने सूचनाका आधारमा फेलापारी बरामद गरिएका सवारी साधनउपर हकदाबी पेस गर्न आग्रह गरिएको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, “विभागमा दाखिला हुन आएका बरामद सवारीसाधन कोही कसैको भएमा प्रमाण पुग्ने कागजातसहित १५ दिनभित्र दाबी पेस गर्न आज एक सूचनामार्फत आग्रह गरिएको छ, तोकिएको समयमा हकदाबी नपरे ती सवारीसाधन नेपाल सरकारको मातहतमा जाने छन् ।”

विभागले हकदाबी पेस गर्न आग्रह गरेका सवारीसाधनमा लु २८ प ८३४५ नम्बरको बुलेट मोटरसाइकल, को ३६ प ४४४९ र लु ७१ प २०३३ नम्बरका क्लासिक मोटरसाइकल, को ३६ प ९७०१ र बा प्र ०२–०३६ प ४४०५ नम्बरका पल्सर मोटरसाइकल तथा बा ८ च १६११ नम्बरको बागनर कार रहेको सूचना अधिकारी अधिकारीले बताए । विभागले हकदाबी पेस गर्न आग्रह गरेका सबै सवारीसाधन काठमाडौँबाट बरामद गरिएका बताइएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि