१७ कार्तिक २०८२, सोमबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

दमौली अस्पतालमा सर्पदंशको उपचार केन्द्र बनाइने

१० साउन, दमौली । तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा सर्पदंशको उपचार केन्द्र सञ्चालन गरिने भएको छ । व्यास नगरपालिकाको सहयोगमा अस्पतालमा सर्पदंशको उपचार केन्द्र सञ्चालन गर्न लागिएको हो ।

सर्पले टोकेका बिरामीको उपचारका लागि जिल्लाभर नै उपचार केन्द्र नरहेकाले सदरमुकामको अस्पतालमा उपचार केन्द्र सञ्चालन गर्न लागिएको नगरपालिकाका प्रवक्ता जीवन गुरुङले जानकारी दिए । त्यसका लागि अस्पतालमा आवश्यक पूर्वाधारमा नगरपालिकाले सहयोग गर्नेछ ।

उनले भने, “सर्पले टोकेका बिरामीको उपचारका लागि पोखरा, चितवन वा अन्यत्रै जानुपर्ने बाध्यता छ, दमौलीमा उपचार केन्द्र सञ्चालन गर्न सकिए सर्पदंशपीडितलाई राहत पुग्नेछ ।”

दमौलीमा अस्पतालमा वार्षिक रुपमा करिब ५० जना सर्पदंशका बिरामी आउने गरेको र त्यस्ता बिरामीलाई पोखरा वा चितवन पठाउने गरिएको दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालले जानकारी दिए । यहाँ सर्पदंशका बिरामीलाई उपचार गर्ने सामग्री नभएकाले अन्यत्रै पठाउनुपर्ने बाध्यता रहेको उनले बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि