७ पुष २०८२, सोमबार
अर्थ मुख्‍य समाचार समाचार

मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्नेगरी तयारी थालियो

१० साउन काठमाडौं । विशेषगरी उद्योगी एवम व्यवसायीहरुले चासोका साथ हेरिएको मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्नेगरी तयारी थालिएको छ ।

यसअघि स्थगित भएको चालु आर्थिक वर्ष २०८१।८२ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्नेगरी नेपाल राष्ट्र बैंकले तयारी थालेको जनाएको छ ।

मौद्रिक नीतिका लागि अन्य तयारी सकिएको  तर शुक्रबार बस्ने राष्ट्र बैंक सञ्चालक समितिको बैठकले वाँकी प्रक्रिया पुरा गर्ने जनाइएको छ ।

कांग्रेस–एमालेको समीकरणपछि बनेको नयाँ सरकारले मौद्रिक नीतिका सवालमा केही अध्ययन गर्न बाँकी रहेको भन्दै यसअघि सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरिएको थियो ।

मौद्रिक नीतिका बारेमा अर्थविद एवम सरोकारवालाहरुले फरक फरक धारणा राख्दै आएका छन् । गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति ल्याउने संकेत गरिसकेका छन् भने भने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि अहिलेको अभावलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउने बताएका छन् ।

अघिल्लो वर्ष साउन ७ गते नै नीति सार्वजनिक गरिएका कारण यस पटक पनि साउन पहिलो सातामै ल्याउने बैंकको तयारी थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि