२६ फाल्गुन २०८२, मंगलवार
मुख्‍य समाचार समाचार समाज

जहाज दुर्घटनामा प्रत्यक्षदर्शीले भने– ‘पाइलट भाग्यले बाँचे’

९ साउन, काठमाडौं । पोखरा उडानका क्रममा सौर्य एयरलाइन्सको ९ एन एएमई जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ । एयरलाइन्सका १९ टेक्निकल स्टाफसहितलाई लिएर पोखराको लागि उडान भर्ने क्रममा बुधबार सौर्यको जहाज दुर्घटनामा परेको हो ।

विमानस्थलमा दुर्घटना हुँदा प्रत्यक्षदर्शी राज चौंलागाईंले सुरूमा धुवा आएर बङ्कर्मा ठोक्किएको बताए । उनले ठोकिएपछि जहाज दुई टुक्रा भएर खाल्डोमा खसेको जिकिर गरे ।

उनले भने, ‘जहाज पहिले नै हिट भइसकेको थियो होला त्यसपछि भित्तामा हिट भइसकेपछि जहाजमा आगलागी भयो, घिस्रिने क्रममा जहाजको ककपीट एयर डाइनेस्टीको कन्टेनरमा ठोकियो । कन्टेनरलाई घिसारेर तल पु¥यायो । जहाजको एक भाग यसैमा अड्कियो । अर्को भाग उछिट्टिएर अझै पर पुग्यो । दुवै ठाउँमा ठूलो आगलागी भयो, केही बाच्ने अवस्था थिएन तर पाइलट भाग्यले बाँचे होलान्। ’

साथै उनले यस्ता घटनाहरूमा सरकारले ध्यान दिनुपर्ने बताए । समयमै उद्दार भए पनि सरकार यस्ता घटनामा जहिले कमजोर रहेको दाबी गरे । यस्तै यो घटनाका प्रत्यक्षदर्शी सुनिल केसीले सुरक्षाकर्मी सबैले उद्दारमा राम्रोसँग आफ्नो कर्तव्य निभाएको बताएका छन् । उनले यो छोटो समयमा सबैको उद्दार गर्न सफल सुरक्षा टोलीलाइ धन्यवादसमेत व्यक्त गरेका हुन् ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि