रातो कागज
1 वर्ष अघि

९ साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका प्रत्यक्षदर्शीहरूले विमानस्थल परिसर भित्रको कन्टेनरमा बजारिएर दुई टुक्रा भएको र आगो लागेको बताएका छन् ।
जहाज ठोक्किएपछि मानिसहरू छरिएका थिए । जहाज भुइँमा बजारिएपछि धुवाँको मुस्लो उठेको र त्यसको केही क्षणमा आगो दन्किएको प्रत्यक्षदर्शीको भनाइ छ ।
पेप्सीकोला क्षेत्रमा मोटर ग्यारेजमा कार्यरत कृष्ण थापाले भने, ‘एक्कासी ड्याङ्ग आवाज आयो अनि माथिबाट कन्टेनर लड्यो । भित्तोमा प्लेन ठोक्किएर तल चौरमा बजारियो ।’
त्यो घटना भएको १५–२० सेकेण्डभित्रै विमानस्थल तारबार गरिएको ठाउँसम्म पुगेर हेरेको बताउने थापाले पहिले धुवाँ उठेको र पछि आगो लागेको बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया