४ चैत्र २०८२, बुधबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

गाजामा हमासको नियन्त्रणमा रहेका दुई बन्धकको मृत्यु

७ साउन, गाजा । गाजामा हमासले बन्दी बनाएका दुई बन्धकको मृत्यु भएको इजराइली अभियान समूह होस्टेजेज एन्ड मिसिङ फ्यामिलिज फोरमले सोमबार बताएको छ । फोरमका अनुसार अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा अपहृत ३५ वर्षीय यागेभ बुचश्ताब र ७६ वर्षीय एलेक्स डान्सिङको मृत्यु बन्धकहरूलाई घर फर्काउने ‘अत्यावश्यकताको कडा सम्झना’ हो । फोरमले उनीहरूको मृत्यु कहिले भएको भन्नेबारे कुनै जानकारी दिएको छैन ।

“उनीहरूको शव हमास लडाकू समूहले राखेको छ”, इजराइली सेनाले छुट्टै विज्ञप्तिमा भनेको छ, “हमासको कैदमा उनीहरूको मृत्युको अवस्थाको अनुसन्धान सबै पेशेवर अधिकारीहरूले गरिरहेका छन् ।”

फोरमका अनुसार बुचश्ताबलाई उनकी श्रीमती रिमोन बुचश्ताब किर्ष्टसँगै किबुत्ज निरिमस्थित उनीहरूको घरबाट अपहरण गरिएको थियो । श्रीमतीलाई ५० दिनपछि रिहा गरिएको थियो ।

यहुदी नरसंहारबाट बचेकाहरूको घरमा जन्मनुभएका डान्सिङले याद वाशेम नामक इन्टरनेसनल होलोकास्ट रिमम्बरेन्स इन्स्टिच्युटमा काम गरेका थिए र त्यहाँ हजारौँ गाइडलाई तालिम दिनुभएको थियो ।

फोरमका अनुसार आफूसँगै बन्दी बनाइएका बन्धकहरूले डान्सिङले कैदमा साथी बन्धकहरूलाई इतिहासको ब्याख्यान दिँदै समय व्यतीत गरेको बताएका छन् ।

“यागेभ र एलेक्सलाई जिउँदै लगिएको थियो र उनीहरू जिउँदै आफ्नो परिवार र देशमा फर्किनुपर्थ्यो”, यसमा महिनौँसम्म जारी युद्धविराम वार्तालाई उल्लेख गर्दै फोरमले भनेको छ, “कैदमा उनीहरूको मृत्यु वार्तामा ढिलाइको परिणामको दुःखद प्रतिबिम्ब हो ।”

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि