२६ फाल्गुन २०८२, मंगलवार
मुख्‍य समाचार समाचार समाज

मोरङ रेडक्रसद्वारा उद्धार सामग्री हस्तान्तरण

७ साउन, मोरङ । नेपाल रेडक्रस सोसाइटी मोरङले जहदा गाउँपालिका र सशस्त्र प्रहरी बल नेपाल ३ नं हेड क्वाटर बूढीगङ्गालाई दुई थान रबर बोटलगायतका उद्धार सामग्री हस्तान्तरण गरेको छ ।

मोरङको कटहरी गाउँपालिकास्थित गोपाल फन पार्कमा आज आयोजित एक समारोहबीच रेडक्रसका मोरङ अध्यक्ष सुवोधकुमार सिंहले जहदा गाउँपालिकाका अध्यक्ष जीतेन्द्रप्रसाद साह र सशस्त्र प्रहरी बलका प्रहरी नायब प्रहरी उपरीक्षक वीरेन्द्र खनाललाई रु ३० लाख मूल्यका १२ वटा उद्धार सामग्री हस्तान्तरण गरे ।

मोरङको केराबारी गाउँपालिकादेखि जहदा गाउँपालिकाकासम्मका आठ पालिकाका नागरिकलाई बाढीको समयमा उद्धार गर्न उक्त सामग्री उपयोगी हुने बताइएको छ । जहदा गाउँपालिकाका प्रमुख साहले पालिकाको १,२ र ७ वडामा लोहन्द्रा, सिङ्घीया र भारतको नदीबाट बाढी आउने हुनाले उद्धारमा सामग्री उपयोगी हुने बताए ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साह, रेडक्रस सोसाइटीका मोरङ अध्यक्ष सिंह र सञ्जय कामतले विपद्मा उद्धार सागम्रीले सहयोग पुग्ने विश्वास व्यक्त गरे । सोही अवसरमा पालिकाका कर्मचारीलाई रबर बोट सञ्चालनसम्बन्धी तालिम तथा अभ्यास गराइएको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि