१८ फाल्गुन २०८२, सोमबार
प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

महिला सुरक्षित आवास गृहको आफ्नै भवन निर्माण

४ साउन, बैतडी । जिल्लाको पाटनमा महिला सुरक्षित आवास गृह(सेफ हाउस)को आफ्नै भवन निर्माण गरिएको छ । गत आर्थिक वर्षमा सङ्घीय सरकारले पाटन नगरपालिकामार्फत सेफ हाउसको भवन निर्माण गर्न रु ८० लाख बजेट विनियोजन गरेको थियो ।

ठेक्का प्रक्रियामार्फत धर्मदेव निर्माण सेवाले रु ५२ लाखको लागतमा उक्त भवन निर्माण गरेको हो । सम्झौताअनुसार भवन निर्माणपछि नगरपालिकालाई हस्तान्तरण गरिएको निर्माण व्यवसायीय दिनेश लामिछानेले बताए ।

पाटनमा २०७३ साल भदौदेखि महिला सुरक्षित आवास गृह सञ्चालित छ । सेफ हाउस सञ्चालन भएको सात वर्षपछि आफ्नै भवन निर्माण बनेको सेफ हाउसका मनोविमर्शकर्ता डम्मरी भट्टले बताए । अहिले आफ्नै भवनबाट सेवा प्रवाश भइरहेको उनले जानकारी दिए ।

पाटन नगरपालिकाको अगुवाइमा उक्त भवन निर्माण भएपछि चालु आर्थिक वर्षदेखि सेफ हाउस सञ्चालन तथा व्यवस्थापनको जिम्मा नगरपालिकाले लिएको हो । यसअघि सहस्त्रलिङ्ग सामुदायिक संस्थाले व्यवस्थापन गर्दै आएको थियो । सेफ हाउस सञ्चालनमा साथी नामक संस्थाले सहयोग गर्दै आइरहेको छ । यहाँबाट अहिले हिंसा प्रभावित चार जना महिलाका साथै तीन बालबालिकाले सेवा लिइरहेका मनोविमर्शकर्ता भट्टले जानकारी दिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि