१२ माघ २०८२, सोमबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार

इजरायली प्रधानमन्त्रीको दबाब बढाउने वाचा पछि गाजामा घातक हमला

२ साउन, गाँजा । प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकाले घोषणा गरेको युद्धविराम योजनाको आशा पछि हमासमाथि दबाब बढाउने वाचा गरेसँगै इजरायलले बुधबार गाजामा पुनः हवाई आक्रमण गर्यो । हमासका राजनीतिक नेता इस्माइल हानियाहले इजरायलले युद्धको अन्त्य गर्न नचाहेको कारण युद्धविराम र बन्धक मुक्तिका लागि वार्तालाई जानाजान कमजोर पारेको आरोप लगाए ।

इजरायली सेनाले २४ घण्टामा सैन्य संरचना, आतङ्कवादी पूर्वाधार, आतङ्कवादी कोष र संरचनाहरू लाई लक्षित गरी २५ वटा आक्रमण गरेको जनाएको छ । सेनाले दक्षिणी गाजा सहर रफाह वरपर गुप्तचरमा आधारित गतिविधि पनि जारी राखेको जनाएको छ । बारम्बार हमासलाई नष्ट गर्ने वाचा गरेका नेतान्याहूले मङ्गलबार इजरायल दबाबमा परेको भए पनि उग्रवादीहरू विरुद्धको इजरायली अभियानमा कुनै कमी नहुने कुरामा जोड दिएका छन् ।

उनले यो समय दबाब अझ बढाउने, सबै बन्धकहरू–जीवित र मृत–घर ल्याउने र युद्धका सबै उद्देश्यहरू प्राप्त गर्ने समय भएको बताए । गाजाको स्वास्थ्य मन्त्रालयले गत २४ घण्टामा इजरायली आक्रमणमा अधिकांश महिला र बालबालिका सहित ५२ जना मारिएको जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको मानवीय कार्यालय ओसिएइचएले मङ्गलबार गाजामा धेरै पटक आक्रमण गर्दा दर्जनौँको ज्यान जानुका साथै कयौँ घाइते भएको जनाएको छ ।यस क्षेत्रको नागरिक सुरक्षा एजेन्सीले मध्य गाजाको नुसिरात शरणार्थी शिविरमा भएको तीन आक्रमणमा ३० जनाको मृत्यु भएको जनाएको छ ।

थप समाचारहरु

अन्तर्राष्ट्रिय

१०७ वर्षपछि भारतीय सेना परेडका लागि पेरिसमा

२८ असार, काठमाडौं। समयचक्र एकपटक फेरि घुमेको छ । एक सय सात वर्षपछि भारतीय सेना पेरिस परेडमा सहभागी हुँदैछ ।
अन्तर्राष्ट्रिय समाज

अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू काठमाडौं आइपुग्ने

२९ असार, काठमाडौं । अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू आज शुक्रबार काठमाडौं आइपुग्ने भएका छन् । विदेशमन्त्रालयको मध्य तथा दक्षिण