६ पुष २०८२, आईतवार
प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

कञ्चनपुरको लालझाडीमा आपत्कालीन कार्यसञ्चालन केन्द्र सञ्चालन

१ साउन, कञ्चनपुर । विपद्जन्य घटना कम गर्ने उद्देश्यले लालझाडी गाउँपालिकामा आपत्कालीन कार्यसञ्चालन केन्द्र सञ्चालनमा ल्याइएको छ । गाउँपालिकाभित्रका प्राकृतिक तथा गैरप्राकृतिक जोखिमबाट हुनसक्ने क्षति घटाउन आपत्कालीन कार्यसञ्चालन केन्द्र सञ्चालनमा ल्याइएको हो ।

आपत्कालीन कार्यसञ्चालन केन्द्र सञ्चालनमा ल्याइएपछि विपद्बारे पूर्वसूचना सङ्कलन गरी क्षतिलाई न्यूनीकरण गर्न सकिने गाउँपालिकाका अध्यक्ष निर्मल रानाले बताए । गाउँपालिका बाढीजन्य घटनाका जोखिममा रहेकाले यसबारे पूर्वसूचना सङ्कलन गरी जीउधनको सुरक्षा गर्न सकिने अध्यक्ष रानाले उल्लेख गरे ।

केन्द्र सञ्चालन गर्न पालिकाले कार्यसञ्चालन कार्यविधि दुई वर्षअघि नै निर्माण गरिसकेको छ । केन्द्र सञ्चालनमा ल्याइए कार्यविधिअनुसार सञ्चालन गरिने छ । गाउँपालिकाको आपत्कालीन कार्यसञ्चालन केन्द्र स्थानीय विपद् व्यवस्थापन समितिको निर्देशनबमोजिम सञ्चालन हुने कार्यविधिमा व्यवस्था गरिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि