१३ फाल्गुन २०८२, बुधबार
अर्थ मुख्‍य समाचार समाचार समाज

माल्दिभ्सद्वारा प्यालेस्टाइनीलाई १३ लाख अमेरिकी डलर सहयोग

३० असार, माल्दिभ्स । यालेस्टाइनका लागि माल्दिभ्सले १२ लाख ९० हजार अमेरिकी डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका लागि माल्दिभ्सका स्थायी प्रतिनिधि अली नासिर मोहम्मदले सहयोगबारे जानकारी गराएका हुन् ।

संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा शुक्रबार आयोजित प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य निकाय (युएनआरडब्लुए) को प्रतिज्ञा सम्मेलनका क्रममा उक्त सहयोगको घोषणा गरिएको हो ।

माल्दिभ्स सरकारले प्यालेस्टाइनलाई दिने वार्षिक पाँच हजार अमेरिकी डलर अनुदानमा १० गुणाले वृद्धि गरी यस वर्ष ५० हजार अमेरिकी डलर पुर्‍याएको नासिरले बताए ।

माल्दिभ्सका प्रतिनिधि मोहम्मदले अन्तर्राष्ट्रिय समुदायलाई आफ्नो आर्थिक सहयोग बढाउन र यूएनआरडब्लूए पहललाई अगाडि बढाउन राजनीतिक दायित्व पूरा गर्न पनि आग्रह गरे ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि