१४ कार्तिक २०८२, शुक्रबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

नैरोबीको फोहोरको थुप्रोमा आठ महिलाको शव भेटियो

३० असार, नैरोबी । नैरोबीको सुकुम्बासी बस्तीको फोहोर फाल्ने स्थानबाट हालसम्म आठ जनाको शव फेला परेको केन्याका कार्यवाहक प्रहरी प्रमुखले बताएका छन् ।

कार्यवाहक प्रहरी प्रमुख डगलस कान्जाले पत्रकार सम्मेलनमा भने, “तिनीहरूलाई टुक्रा–टुक्रा पारिएको, सडेको विभिन्न अवस्थामा बोरामा छोडिएको थियो ।

कान्जाका अनुसार पहिलो छ जनाको शव शुक्रबार र अन्य दुई महिलाको शव शनिबार फेला परेको थियो ।

उनले भने, “म सबै नागरिकलाई आश्वस्त पार्न चाहन्छु कि हामी पारदर्शी, विस्तृत र छिटो अनुसन्धान गर्न प्रतिबद्ध छौं ।”

कान्जाले अनुसन्धानमा जनसहयोगका लागि आह्वान गर्दै यस्ता जघन्य घटनाका दोषीलाई कानुनी कठघरामा ल्याएने बताएका छन् ।

गत महिना सरकार विरोधी प्रदर्शनका क्रममा दर्जनौं प्रदर्शनकारीको मृत्यु भएको थियो भने जनआक्रोश बढेपछि केन्याका प्रहरी प्रमुख जाफेट कुमेले पदबाट राजीनामा दिएका थिए भने कान्जाले यसै साता मात्र पदभार ग्रहण गरेका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि