२० फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

रुकुम पश्चिमको घन्थानामा ‘एक घर, एक धारा’

३० असार , मुगु । भुकम्पले गाँउमा रहेका पानीका मुहानहरु हराएपछि गाउँमा पानीको समस्या भोग्दै आएका रुकुम पश्चिको सानी भेरी गाउँपालिका—१० घन्थानका स्थानीयले एक घर एक धारा पाएका छन् ।

०८० कार्तिक १७ गते राति ११ बजे गएको भुकम्पका कारण गाउँमा रहेका सार्वजनिक धारामा ल्याएका मुहानहरु हराएपछी वडा कार्यालयमा रहेको एक धाराबाट पानी उपभोग गर्दै आएका सानीभेरी नगरपालिका—१० घन्थाना गाउँका ३५ घरधुरीले एक घर एक धारा पाएका हुन् ।

युनिसेफको ३ लाख ५० हजार, छायाँ नेपालको ६ लाख ६४ हजार ७ सय ४२, जनश्रमदानबाट ५ लाख ४२ हजार ३ सय २७ रुपैयाँ ४८ पैसा गरी कुल १५ लाख ७० हजार ९० मा धारा निर्माण गरिएको हो ।

धारा निर्माण गत फागुन २१ गतेबाट निर्माण सुरु भएको हो । दुई किलोमिटर टाढा घन्थान भन्ने स्थानबाट पानी ल्याई गाँउका ३५ घरधुरी र एक सामुदायिक विद्यालय गरी ३६ धारा निर्माण गरी हस्तान्तरण गरिएको छायाँ नेपाल कर्णाली प्रदेश संयोजक मिनबहादुर रावलले जानकारी दिए ।

२०८० कार्तिक १७ गतेको भुकम्पले धाराका लागि प्रयोग भइरहेका मुहानहरु हराएपछी गाउँमा पानीको हाहाकार भएको थियो ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि