२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार राजनीति समाचार समाज

राष्ट्रपतिले नयाँ प्रधानमन्त्री नियुक्ति गर्दै

३० असार , काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्री नियुक्ति गर्ने भएका छन् ।

राष्ट्रपति पौडेलले आज साँझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गर्ने भएका हुन् ।

राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आज साँझ ५ बजेभित्र दाबी पेस गर्न शुक्रबार नै आह्वान गरेका थिए ।

सोअनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि शुक्रबार नै दाबी पेस गरिसकेका थिए ।

आज नियुक्तिको प्रक्रिया अघि बढे पनि प्रधानमन्त्री र मन्त्रीहरूको शपथग्रहणको कार्यक्रम भने सोमबार बिहान ११ बजे रहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि