२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाज

प्राकृतिक विपद्का घट्नाप्रति सरकार गम्भीर छैन् : सिंह

२८ असार , काठमाडौं । सांसद अमरेशकुमार सिंहले प्राकृतिक विपद्बाट घट्ने घटनाहरुमा सरकार गम्भीर नभएको बताएका छन्  ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले हरेक वर्ष आउने बाढी र पहिरोमा परि करोडौं मूल्यको जनधन र मानवीय क्षति हुनेको गरेको उल्लेख गर्दै सरकारले कुनै तदारुकता नदेखाएको बताए ।

उनले भने, ‘हाम्रो सरकार र हामी मानवीय क्षतिमा गम्भीर हुनुपर्दछ । यो देशमा असार आउने वित्तिकै कुन नागरिकको मृत्यु कता हुन्छ कसैलाईलाई थाहा हँुदैन । सरकारले पनि कुनै तदारुकता देखाउँदैन  । हरेक वर्ष आउने बाढी र पहिरोले करौडौंको क्षति र सयौं नागरिकले अकालमै ज्यान गुमाउनुपरेको हुन्छ  । सरकारले पूर्व तयारी गरिररहेको भनेपनि कुनै तयारी गरेको देखिदैन ।’

अविरल वर्षापछि आएको बाढी र पहिरोमा परि घाइते भएका नागरिकको उपचार सरकारले व्यहोर्नुपर्ने सिंहको भनाइ छ ।

उनले भने, ‘घाइतेहरुको उपचार सरकारी खर्चबाट होस् । अहिले सबैभन्दा ह्रदयविदारक घटनामा सरकारले वेपत्ताको खोजी र उद्धारमा तदारुकता देखाउन जोडदार माग गर्दछु ।’

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व