१९ कार्तिक २०८२, बुधबार
कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार

‘सञ्चारमाध्यमले जनतालाई सही सूचना सम्प्रेषण गर्नुपर्छ’

२७ असार, मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सञ्चारमाध्यमले निष्पक्षरुपमा जनतालाई सही सूचना सम्पे्रषण गर्नुपर्ने बताएक छन् ।

सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडको १३औँ स्थापना दिवसका अवसरमा आज विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले सञ्चारकर्मी दलगत भावनाबाट मुक्त भई समाजलाई सही बाटोमा डोर्‍याउनतर्फ लाग्नुपर्ने बताए । सञ्चारकर्मीले मुलुकको लोकतन्त्र स्थापना गर्न तथा प्रत्येक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताए ।

“समाचार पस्किदा पत्रकारहरु संवेदनशील हुनुपर्छ”, मुख्यमन्त्री कार्कीले भने । सो अवसरमा उनले रु १० हजार राशिको मीनादेवी श्रेष्ठ श्रमजीवी पुरस्कारबाट जुनु भट्टराईलाई, रु २१ हजार राशिको मेम्बर चन्द्रलाल–लाल दुर्गादेवी श्रमजीवी पुरस्कारबाट नवीन कर्णलाई, रु ५० हजार राशिको ओमप्रकाश गोयल आर्थिक पुरस्कारबाट सुशीला पाठकलाई तथा रु ५१ हजार राशिको तोरेन्द्र–इन्दिरा प्रेस स्वतन्त्रता पुरस्कारबाट मोहनप्रसाद भण्डारीलाई सम्मान गरे । दिनबन्धु गोयलले ती पुरस्कारको स्थापना गरे ।

सो अवसरमा सहकारी संस्थाका अध्यक्ष दीपक दाहाल, प्रदेश सहकारी संस्थाका रजिष्ट्रार हरिबहादुर खत्री र सम्मानित व्यक्तित्व भण्डारीले सम्मानबाट समाजमा पछाडि परेका जनताको उत्थानमा लाग्न प्रेरणा मिलेको बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि