८ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार राजनीति

एमाले केन्द्रीय सदस्यको कार्यविभाजन हेरफेरबारे छलफल

२६ असार, काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय सचिवालयको आज बसेको ३३औँ बैठकमा पार्टीका केन्द्रीय कमिटी सदस्यको कार्यविभाजन हेरफेर गर्ने विषयमा छलफल सुरु भएको छ । बैठकले पार्टी सदस्यता नवीकरणको काम आगामी साउन मसान्तसम्म सम्पन्न गर्न निर्देश गर्ने निर्णय गरेको छ ।

बैठकले जिल्ला अधिवेशन भइनसकेका जिल्ला कमिटीलाई सङ्गठन कमिटीमा रुपान्तरण गरेको छ । साथै, ती जिल्लाका अधिवेशन कात्तिक मसान्तभित्र गरिसक्न निर्देशन दिएको पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भएको उक्त बैठकले पार्टीको भूमि व्यवस्था विभागको सचिवमा विजय सुवेदी र सहकारी तथा गरिबी निवारण विभागको सचिवमा परितोष पौडेललाई मनोनयन गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।