१ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार राजनीति समाचार

‘एमाले र कांग्रेसले बराबरीको हैसियतमा सरकार सञ्चालन गर्ने’

२६ असार , काठमाडौं । नेकपा एमालेले कांग्रेस र एमालेले बराबरीको हैसियतमा नै सरकार सञ्चालन गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको सचिवालय बैठकपछि पार्टीका उपमहासचिव प्रदिप ज्ञवालीले बराबरीको हैसियतमा सरकार सञ्चालन गर्ने र परिणाम दिन सक्ने मन्त्रीहरुको टिमलाई सरकारमा पठाउँने निर्णय भएको जानकारी दिएका छन् ।

उनले भने, ‘पर्सि २८ गते प्रधानमन्त्रीको विश्वासको मत सँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने छ । हामीले सरकारमा पठाउँने मन्त्रीहरु लगायतका बारेमा पछि थप छलफल गर्ने छौं । अहिलेको हकमा हामीले एउटा सक्षम र परिणाम दिन सक्ने टिमलाई पठाउँनुपर्छ भन्ने सामान्य नीतिगत निर्णय गरको छौं । सामान्यतया नेकपा एमाले र कांग्रेसले बराबरीको हैसियतमा नै सरकार सञ्चालन गर्ने छ । यो राष्ट्रिय सहमतिको अभियानमा जोडिन चाहने अरू दलहरूलाई पनि हैसियत अनुसार स्थान दिने कुरामा सकारात्मक छौं ।’उनले भ्रष्टाचारको फाइल खोलेपछि सत्ता समिकरण फेरियो भनेर प्रधानमन्त्री र गृहमन्त्रीले गलत हल्ला फैलाएको भन्दै भ्रष्टाचारको फाइल खोल्न कसैले पनि नरोकेको बताए ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि