९ पुष २०८२, बुधबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

विपद्पीडितलाई सहयोग

२५ असार, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेका पहिरापीडितलाई सूर्य नेपाल प्रालिले सहयोग गरेको छ ।

गत शनिबार पहिरा गएर पीडित भएका छ परिवारलाई सूर्य नेपालले सोमबार खाद्यान्न, लत्ताकपडा, टेन्टलगायत सामग्री सहयोग गरेको हो । पहिराबाट पीडित भएकालाई कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको सूर्य नेपाल प्रालिका जनसम्पर्क प्रमुख अन्जन दुवाडीले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित, सूर्य नेपाल प्रालिका कारखाना प्रमुख बाबुराम कार्कीलगायत उपस्थितिमा पहिरापीडितलाई सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।

पहिराले घर पुरिएर आइतबार तीनजनाको मृत्यु भएको थियो । पहिराले पुरिएर ४० वर्षीया हिरा नेपाली, ६५ वर्षीय श्याम भण्डारी र ३७ वर्षीया अनिषा बास्तोलाको मृत्यु भएको थियो । पहिरामा परी ४० वर्षीय विष्णुबहादुर नेपाली, २६ वर्षीय विशाल तिमिल्सिना, ३५ वर्षीय रवि घिमिरे, १८ वर्षीय रुपकुमारी नेपाली र १५ वर्षीय विमल नेपाली घाइते भएका छन् ।

शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले नदी तथा खोलाका तटीय क्षेत्र, भिरालो जमिन र कमजोर भूधरातल भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्क रहन आग्रह गरिएको बताए।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि