२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

मौसममा सुधार भएसँगै बाढीपीडित घर फर्कंदै

२५ असार, कञ्चनपुर । मौसममा क्रमशः सुधार भएसँग जिल्लाका बाढीपीडित घर फर्कन थालेका छन् ।सोमबार अपराह्नसम्म वर्षाका कारण कञ्चनपुरका नौवटा पालिकाका चार हजारभन्दा बढी सुरक्षित स्थानमा सरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले आज बिहानसम्म दुई हजार सातजना घर फर्किएका बताउनुभयो । महाकाली नदीमा पानीको सतह घटेपछि आजदेखि बनबासा पुलमा आवागमन पनि खुलिसकेको जानकारी दिए। बाढी तथा घर डुबानमा परेका पीडितहरु विद्यालय, वडा कार्यालय, सार्वजनिक स्थान र आफन्तको आश्रयमा पुगेका थिए ।

दोधारा चाँदनी नगरपालिकामा पीडितहरु अम्बिका माध्यमिक विद्यालयमा सयौँ परिवार अझै बसिरहेका छन्भने भीमदत्त नगरपालिका–१२ ऐरीस्थित वडा कार्यालय भवन र वडा नं १८ सालघारीस्थित मदन भण्डारी आधारभूत विद्यालयमा आश्रय लिइरहेका छन् ।

भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रवीन्द्र देवकोटाले मदन भण्डारी आधारभूत विद्यालयमा एक सय ३०, वडा कार्यालयमा एक सय र महेन्द्रनगर माविमा ६० जना पीडितले आश्रय लिएको बताए । दोधारा चादँनी, बेल्डाडी, बेदकोट नगरपालिकालगायत क्षेत्रका बस्ती डुबानमा परेपछि अन्यत्र सरेकाहरु घर फर्कने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लामा बाढीमा परी तीन किशोरी र एक सातमहिने शिशुसहित चार जनाको मत्यु भएको छभने एकजना अझै बेपत्ता छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि