२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

काठमाडौंमा युवा सम्बन्धी तीन दिने सेमिनार हुने

२४ असार , काठमाडौ । राष्ट्र निर्माणमा सबैभन्दा महत्वपूर्ण भूमिका युवाले खेल्नसक्ने आवश्यकतालाई औल्याउँदै  युवा केन्द्रीत तीन दिवसीय सेमिनार हुने भएको छ ।

बिश्व शान्ति तथा एकिकृत परिवार संघको आयोजनामा यही असार २७ गते देखि २९ गते सम्म सेमिनारको आयोजना हुन् लागेको हो ।

राष्ट्र निर्माणमा युवाहरुको भूमिकाका सन्दर्भमा नेतृत्व बिकास, चरित्र निर्माण, ब्यक्तित्व बिकास स्थायी शान्तीको लागि पहलकदमी, दन्द्ध ब्यवस्थापन तथा आर्थिक बिकासका बारेमा छलफल हुनेछ ।

काठमाडौ महानगरपालिका बडा नं १ को सहकार्यमा हुन लागेको सेमीनारमा राष्ट्रिय विकासको लागि बढ्दो अर्थव्यवस्थामा युवाहरूको सहभागिता आवश्यक रहेको सन्दर्भमा पनि सेमिनारमा छलफल हुने कार्यक्रमका संयोजक बिरेन्द्र श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार युवाहरू देशको सबैभन्दा ठूलो शक्ति भएको र उनीहरुले राष्ट्रको दिगो विकासको लागि उनीहरूलाई सक्षम र पर्याप्त योगदान पुर्याउन र सशक्त बनाउन महत्वपूर्ण प्रयासहरू भएकाले आयोजना गरिएको स
ेमिनारको सहसंयोजक कामना भुसालको भनाई छ ।

सेमिनारमा अन्तर्राष्ट्रिय प्रशिक्षक रिचेल हालिपा, लेखक ,काशिनाथ खनाल एफएफडब्लु पीयु साउथ एसियाको अध्यक्ष सन्तोष कुमार पौडेल, प्रकाशबाबु थापा लगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको संयोजक बिरेन्द्र श्रेष्ठले जानकारी दिए । पीस एम्बीसी भवन नक्सालमा हुने कार्यक्रममा पूर्वमन्त्री एवंम् संघीय सासद एकनाथ ढकालले बिशेष प्रशिक्षण दिने कार्यक्रममा छ ।

सेमिनारमा युपीएफ, नेपाल, तङ्ग इल मोदो संघ, बिश्व शान्ति महिला संघ लगायतको संघ संस्थाले सहयोग गरेका छन् । सेमिनारमा काठमाडौ उपत्यकाका १६ देखि ४० बर्ष सम्ममा युवा युवतीहरुको सहभागिता रहने छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि